२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • प्रहरीले संसदलाई भन्योः राप्रपाका सांसद जबरालाई...

प्रहरीले संसदलाई भन्योः राप्रपाका सांसद जबरालाई फौजदारी अभियोगमा पक्राउ गरियो

प्रहरीले संसदलाई भन्योः राप्रपाका सांसद जबरालाई फौजदारी अभियोगमा पक्राउ गरियो

सीएनएन खबर
शनिवार, चैत्र १६ २०८१०५:२१
सीएनएन खबर
शनिवार, चैत्र १६ २०८१०५:२१
  • images

    काठमाडौँ । काठमाडौँ जिल्ला प्रहरी परिसरले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शम्शेर जबरालाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी संसद् सचिवालयलाई दिएको छ ।

    नेपालको संविधानको धारा (१०३) को उपधारा ९६० बमोजिम प्रहरीले सचिवालयलाई सांसद जबरा पक्राउको सूचना दिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

    ‘सम्माननीय सभामुखलाई सम्बोधन गरेर परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्रतिनिधिसभा सदस्य जबरालाई पक्राउ गरिएको पत्र सचिवालयलाई प्राप्त भएको छ’, प्रवक्ता गिरीले टेलिफोनमा भने ।

    राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री जबरालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको थियो । उनीहरूलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा राखिएको छ ।

    राप्रपाका नेता पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनी लगायतले मिश्र र जबरालाई शनिबार भेटेका थिए । जबरा राजावादीको प्रदर्शनको क्रममा भएको हिंसात्मक गतिविधि भड्काउन मतियार रहेको आरोपमा पक्राउ परेका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend