२०८३, आश्विन २२ गते

images

सरकारले गर्‍यो पूर्वराजालाई दिएको सुरक्षा कटौती

सरकारले गर्‍यो पूर्वराजालाई दिएको सुरक्षा कटौती

शनिवार, चैत्र १६ २०८१०५:३९
शनिवार, चैत्र १६ २०८१०५:३९
  • images

    काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा परिचालन भएको सुरक्षाकर्मीको संख्या कटौती गरेको छ ।

    सरकारले पूर्व राष्ट्रप्रमुखको हैसियतमा दिएको सबै सुविधा कटौती गर्ने तयारी गरिरहेको बेलामा पूर्वराजा शाहको सुरक्षाकर्मीको संख्या घटाएको हो । डिएपीको कमाण्डमा रहेका सशस्त्र प्रहरीको २५ जनामध्ये १० जना फिर्ता बोलाएर १५ जना कायम गरिएको छ ।

    नारायणहिठी राजदरबारबाट हटेपछि पूर्व राजपरिबारलाई सरकारले आवाससहितको सुरक्षाकर्मीको सुविधा उपलब्ध गराएको छ । सरकारले पूर्व राजपरिबारका सबै सदस्यहरुको सुरक्षाको लागि सशस्त्र प्रहरीको १५५ जना सुरक्षाकर्मी खटाएको थियो । यसमध्ये पूर्वराजा शाहको सुरक्षाको लागि २५ जनाको छुट्टै टोली परिचालन गरिएको थियो ।

    स्रोतका अनुसार परिबारका सदस्यहरुको लागि खटाइएको सुरक्षा टोली पनि फिर्ता बोलाइएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend