२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • पाथीभरामा केबलकार निर्माणको काम रोक्न सर्वोच्चको...

पाथीभरामा केबलकार निर्माणको काम रोक्न सर्वोच्चको आदेश

पाथीभरामा केबलकार निर्माणको काम रोक्न सर्वोच्चको आदेश

आइतवार, चैत्र १७ २०८१०१:३४
आइतवार, चैत्र १७ २०८१०१:३४
  • images

    काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण लगायतका कामहरू तत्कालका लागि रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

    सर्वोच्चले सरकार तथा निर्माण कम्पनीका नाममा अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।


    याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि न्यायाधीश शारंगा सुवेदीको इजलासले प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न २६ चैतमा दुवै पक्षलाई झिकाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend