२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • दुर्गा प्रसाईंको बयानः कानबाटै गोली गएपछि...

दुर्गा प्रसाईंको बयानः कानबाटै गोली गएपछि भागेँ(भिडियो)

दुर्गा प्रसाईंको बयानः कानबाटै गोली गएपछि भागेँ(भिडियो)

आइतवार, चैत्र १७ २०८१०३:१२
आइतवार, चैत्र १७ २०८१०३:१२
  • images

    काठमाडौं । काठमाडौँको तीनकुनेमा हिंसाको ताण्डव मच्चाएर फरार भएको २ दिनपछि आइतबार (चैत १७ गते) दुर्गा प्रसाईंले भिडिओ सन्देश जारी गरेका छन्। 


    जसमा उनले त्यस दिन (चैत १५ गते) आफूलाई मार्ने योजना रहेको थाहा पाएपछि आफू प्रहरीको घेरा तोडेर भाग्न बाध्य भएको दाबी गरेका छन्। 

    उनले आफू कार्यक्रम स्थलमा जाँदै गर्दा कानबाटै गोली गएपछि ज्यान बचाउन सुरक्षित स्थानमा गएको जिकिर उनले गरेका छन्। 

    ‘त्यहाँ पुग्दाखेरि के सुराकी पाएँ भने त्यहाँ छतमाथि सार्प सुटर बसेर मलाई टार्गेट बनाएको भनेर बुझिसकेपछि, अर्काे कुरा के थियो भन्दा मेरो कानको छेवैबाट गोली गयो, मेन ठाउँमा पुग्दा, स्टेजमा पुग्दा। र, त्यसपछाडि मैले कुरो बुझिसकेपछि मेरो कानको छेउबाट गोली पनि गयो, अर्काे कुरा मेरै गाडीमा आएर टियर ग्यास आइसकेपछि म उत्रेर, मेरा डाइबरलाई निकालेर म आफैँले गाडी चलाएँ। यिनीहरूले मलाई मार्ने रहेछन्, मलाई मार्ने षड्यन्त्र गरेको बुझिसकेपछि म अन्त कहीँ उपाय नभएर म पुलिसको ब्यारिकेड तोडेर सुरक्षित स्थलतिर म पुगेको थिएँ।’

    सामाजिक सञ्जालमा राखिएको उनको भिडिओ सन्देशमा उनले आफू प्रहरीबाट टाढा नरहेकाे दाबी पनि गरेका छन्। तर एक मन्दिरमा बसेर बोलिरहेको देखिने प्रसाई‌ंले आफू अहिले कहाँ छन् भनेर बताएका छैनन्। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend