काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा आफ्नो विरोध गर्ने गणतन्त्रवादीहरुलाई सके जेल हाल्न चुनौती दिएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठक अवरोधका बीच माओवादी र सत्तापक्षका सांसदहरुले राजावादीहरुलाई थुन्न भनेपछि उनले यस्तो चुनौती दिएका हुन् । उनले आफूले यस्तो चुनौती दिएको सामाजिक सञ्जालमा बताएका छन् ।
लिङदेनले भनेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरुलाई थुन्नुपर्छ भनेपछि छाती ठोकेर भनियो राजावादी यहाँ छ, सके जेल हाल !’ लिङदेन गणतन्त्रवादी एमालेको सहयोगमा संसद छिरेका हुन् ।

