२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • रविन्द्र मिश्र र धवल शमशेरसहित ४१...

रविन्द्र मिश्र र धवल शमशेरसहित ४१ जनालाई म्याद थपका लागि लगियो अदालत

रविन्द्र मिश्र र धवल शमशेरसहित ४१ जनालाई म्याद थपका लागि लगियो अदालत

आइतवार, चैत्र १७ २०८१०५:३८
आइतवार, चैत्र १७ २०८१०५:३८
  • images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । उनलाई प्रहरीले हतकडीसहित जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याएको छ । 

    गत शुक्रबार राति पक्राउ परेका उनलाई केहीबेर अघि म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको हो । उनलाई आजै अदालत लगिनेछ ।

    तीनकुनेमा हिंसा भड्काउन भूमिका खेलेको आरोपमा प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो । उनीविरुद्ध राज्यविरुद्धको अपराध र संगठित अपराधमा मुद्दा चलाउने तयारी छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend