२०८३, आश्विन २२ गते

images

एकैपटक ९ उपसचिव र २५ शाखा अधिकृतको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

एकैपटक ९ उपसचिव र २५ शाखा अधिकृतको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

सोमवार, चैत्र १८ २०८११०:२६
सोमवार, चैत्र १८ २०८११०:२६
  • images

    काठमाडौँ । सरकारले एकैपटक ९ जना उपसचिव र २५ जना शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ । संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै उक्त कर्मचारीहरुको सरुवा तथा पदस्थापना गरिएको जनाएको हो । 

    मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत तारा पति खरेललको युवा तथा खेलकुद मन्त्रालय, खेलकुद मन्त्रालयमा कार्यरत लेखनाथ न्यौपानेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन मन्त्रालयका राकेश गुरुङको खेलकुद मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत शिवजी कुमार गुप्ताको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ । 

    यस्तैगरी, सञ्चार मन्त्रालयमा कार्यरत बासुदेव रेग्मीको सामान्य प्रशासन, संघीय आयोजना कार्यान्वयन इकाइमा कार्यरत बिदुर खड्काको अख्तियार, जलस्रोत अनुसन्धान तथा विकाश केन्द्रमा कार्यरत दिनेश पराजुलीको अख्तियार र सामान्य प्रशासनमा कार्यरत पदम प्रसाद देवकोटाको उर्जा मन्त्रालयमा सरुवा गरिएको छ । 

    यस्तै,  मन्त्रालयले विभिन्न मन्त्रालय तथा मातहतका निकायमा कार्यरत २५ जना शाखा अधिकृतको समेत सरुवा गरेको छ । जसमध्ये पर्यटन विभागमा कार्यरत सन्देश मास्के, कम्पनी रजिष्ट्रारको कार्यालयमा कार्यरत उन्नती अधिकारी र बेनि बहादुर मोक्रान, श्रम मन्त्रालयमा कार्यरत नवराज सुवेदी, गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा कार्यरत प्रदीप श्रेष्ठ र सञ्चार मन्त्रालयमा कार्यरत प्रतिभा चालिसेको गृह मन्त्रालयमा सरुवा भएको छ । 

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend