२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • समाजवादी मोर्चाको निष्कर्षः तीनकुनेमा योजनाबद्ध र...

समाजवादी मोर्चाको निष्कर्षः तीनकुनेमा योजनाबद्ध र विदेशीको सहयोगमा घटना घटाइयो

समाजवादी मोर्चाको निष्कर्षः तीनकुनेमा योजनाबद्ध र विदेशीको सहयोगमा घटना घटाइयो

सोमवार, चैत्र १८ २०८१११:२०
सोमवार, चैत्र १८ २०८१११:२०
  • images

    काठमाडौँ । सोमबार बिहान बसेको समाजवादी मोर्चाको बैठक विभिन्न तीन निर्णय गरेको पाइएको छ । 

    माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले १५ चैतमा हिंसात्मक गतिविधि गर्नेबाट क्षतिपूर्ति भराउन सरकारसँग माग गर्ने, कानुनबमोजिम कारबाहीका लागि माग गर्ने र गणतन्त्रवादी शक्तिहरूसँग अन्तरक्रिया गर्ने निर्णय गरेको हो । 

    नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका अनुसार बैठकमा १५ चैतको घटनाको समीक्षा भएको थियो । 

    गणतन्त्रवादीहरूको सभामा रहेको जनउपस्थिति र व्यवस्थापनका हिसाबले सानदार र भव्य रहेको र यसले गणतन्त्रवादीहरूलाई उत्साह र प्रेरणा भरेको निष्कर्ष बैठकले निकालेको नेता विश्वकर्माले जानकारी दिए ।

    मोर्चाले राजावादीको हिंसात्मक गतिविधिलाई योजनाबद्ध र विदेशीहरूको सहयोगमा घटाइएको निष्कर्ष निकालेको नेता विश्वकर्माले जानकारी दिए । मोर्चाले सरकारले राजावादीहरूको योजनाबद्ध कार्यक्रमलाई कम आँकेको र उक्त घटनाको मूल्यांकन गरेर सरकारी संयन्त्र परिचालन गर्न चुकेको निष्कर्ष निकालेको छ ।

    समाजवादी मोर्चाले यस्ता गतिविधिको सशक्त भण्डाफोर र प्रतिवाद गर्न दोषीमाथि कारबाही र भएका क्षतिको घटनामा संलग्नहरूबाटै क्षतिपूर्ति भराउन सरकारसँग माग गर्ने निर्णय गरेको नेता विश्वकर्माले जानकारी दिए ।

    बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका अध्यक्ष विप्लव र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत चार दलका अन्य नेताहरु पनि सहभागी थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend