२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • तीनकुने घटना छानबिन गर्न न्यायिक आयोग...

तीनकुने घटना छानबिन गर्न न्यायिक आयोग बनाउन राप्रपाको माग

तीनकुने घटना छानबिन गर्न न्यायिक आयोग बनाउन राप्रपाको माग

सोमवार, चैत्र १८ २०८१०३:४८
सोमवार, चैत्र १८ २०८१०३:४८
  • images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते तीनकुनेमा भएको घटनाको छानबिन गर्न न्यायिक आयोग बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले घटनाको सत्य तथ्य बाहिर ल्याउन न्यायिक आयोग बनाउन माग गरेका हुन् । 

    उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई प्रश्न गर्दै भने, ‘तपाईंहरू आन्दोलन नगरी, मान्छे नमारी यहाँसम्म आइपुग्नु भएको हो ?’

    उनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूलाई सहित घोषणा गर्न माग गरे । १५ गतेको आन्दोलनमा आन्दोलनकारीले मात्रै ज्यादती नगरेको बताउँदै लिङ्देनले राज्यले पनि नागरिकमाथि ज्यादती गरेको बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend