२०८३, आश्विन २२ गते

images
  • समाचार
  • निगमले घटायो डिजेल, मट्टितेल र हवाइ...

निगमले घटायो डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य

निगमले घटायो डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य

सोमवार, चैत्र १८ २०८१०९:०४
सोमवार, चैत्र १८ २०८१०९:०४
  • images

    काठमाडौँ । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले राती १ बजेदेखि लागूहुने गरी डिजेलमा २, मट्टितेलमा ४ र हवाइ इन्धनमा ७ रुपैयाँले मूल्य घटाएको हो । 

    निगमका अनुसार भारतबाट प्राप्त मूल्यअनुसार डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएको थियो। तर, पेट्रोलको मूल्य भने ४५ पैसा प्रतिलिटरले बढेर आएको निगमले जनाएको छ। यद्यपि, पेट्रोलको मूल्यमा कुनै परिवर्तन नगरिने निर्णय गरिएको छ।

    नयाँ मूल्यअनुसार अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १४९ रुपैयाँ कायम हुनेछ। यसअघि यी दुबै इन्धनको मूल्य १५१ रुपैयाँ थियो। यस निर्णयले सार्वजनिक यातायातसहित कृषि तथा उद्योग क्षेत्रमा प्रत्यक्ष असर पार्ने विश्वास गरिएको छ।

    तर, पेट्रोलको मूल्य यथावत राखिएकोले निजी सवारी साधन प्रयोगकर्ताले भने तत्काल राहत पाउने छैनन्। पछिल्ला महिना हरुमा अन्तर्राष्ट्रिय बजारमा इन्धन मूल्य घट्दासमेत सरकारले मूल्य समायोजन गर्न ढिलासुस्ती गर्दै आएको भन्दै उपभोक्ताहरूले आलोचना गर्दै आएका छन्।

    oil price.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend