२०८३, आश्विन २२ गते

images
  • समाचार
  • फरार दुर्गा प्रसाईंको स्टाट्सः नेपालमै लुकेर...

फरार दुर्गा प्रसाईंको स्टाट्सः नेपालमै लुकेर बसेको छु, भ्रष्टाचारीको मलामि लिएर आउँदैछु

फरार दुर्गा प्रसाईंको स्टाट्सः नेपालमै लुकेर बसेको छु, भ्रष्टाचारीको मलामि लिएर आउँदैछु

सोमवार, चैत्र १८ २०८१०९:५०
सोमवार, चैत्र १८ २०८१०९:५०
  • images

    काठमाडौँ । गत १५ गते शुक्रबार राजावादीहरूले आयोजना गरेको आन्दोलनका कमान्डर तोकिएका दुर्गा प्रसाईंले आफू नेपालमै रहेको दाबी गरेका छन् । हाल फरार रहेका प्रसाईंले नेपाल छाडिसकेको सुरक्षास्रोतको दाबीविपरीत उनले आफू नेपालमै रहेको बताएका हुन् । 

    सोमबार साँझ प्रसाईंले आफ्नो सचिवालयको फेसबुकमा स्टाटस लेखेर आफू नेपालमै रहेको र रणनीति बनाइरहेको दाबी गरेका हुन् । 

    ‘शिकार गर्नु भन्दा पहिला सिंह पनि एक कदम पछि हटछ,अनि पुन: आक्रमण गर्छ । दुर्गा प्रसाई सिंह नै हो,अब छिट्टै तिमीहरु को मलामि लिएर आउदैछ,भ्रष्टाचारि हो, मैले त लुक्ने ठाउँ भेटेको छु नेपाल मै छु,भाबी रणनीति तयार गर्दैछु,तर तिमीहरू ले त्यो पनि पाउदैनौ, बुझिराख१ जय रास्टवाद’, उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

    उनले आफूलाई सिंहको संज्ञा दिदैँ अब छिट्टै तिमिहरुको मलामि लिएर आउँने भन्दै लुक्ने ठाउँ खोजेर बस्न समेत चेतावनी दिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend