२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय,...

हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय, म्यानमारमा सेनाको टोली पठाउने

हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय, म्यानमारमा सेनाको टोली पठाउने

सोमवार, चैत्र १८ २०८१११:५६
सोमवार, चैत्र १८ २०८१११:५६
  • images

    काठमाडौं । सरकारले संसद्को चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १९ चैतको  राति १२ बजेबाट संसद्को हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

    साथै, सरकारले म्यानमारमा १५ चैतमा गएको भूकम्पबाट पीडितहरुलाई राहत सामग्री प्रदान गर्ने निर्णय पनि गरेको छ । 

    सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार सरकारको विभिन्न निकायसँग रहेका मौज्दात सामग्री एवम् निजी क्षेत्रबाट सहयोगस्वरुप प्राप्त हुने मेडिकल सामाग्री, औषधिलगायतका राहत सामग्री म्यानमार सरकारलाई प्रदान गर्ने निर्णय भएको हाे ।

    त्यसैगरी, भूकम्पमा परी घाइते भएकाको उपचारका लागि नेपाली सेनाको चिकित्सक टोली पठाउने निर्णय पनि भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend