२०८३, आश्विन २२ गते

images

तोलामै १८ सयले बढेर तोड्यो सुनको मूल्यले नयाँ रेकर्ड

तोलामै १८ सयले बढेर तोड्यो सुनको मूल्यले नयाँ रेकर्ड

मंगलवार, चैत्र १९ २०८११०:५७
मंगलवार, चैत्र १९ २०८११०:५७
  • images

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज सुन तोलामा १८ सय रुपैँयाले बढेर नयाँ रेकर्ड कायम गरेको हो । सोमबार तोलामा ११ सयले बढेर रेकर्ड तोडेको सुनले आज पुनः नयाँ रेकर्ड बनाएको हो । 

    सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेसँगै मंगलबार प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ कायम भएको छ । 
     
    अघिल्लो कारोबार दिन सोमबार  सुन तोलामा एक लाख ७७ हजार ९ सय रुपैयाँका कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी  दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार पनि  चाँदीको सोही मूल्यमा कारोबार भएको थियो । 

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५४ हजार ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ४४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend