काठमाडौँ । राप्रपाका सांसद दीपक बोहराको निधन भएको छ । काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा बोहराको निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बोहरा २०७९ मंसिरमा भएको निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । सांसद बोहरा दुई वर्षदेखि बिरामी थिए।

