२०८३, आश्विन २२ गते

images

प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान

प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान

मंगलवार, चैत्र १९ २०८१०२:२३
मंगलवार, चैत्र १९ २०८१०२:२३
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड प्रस्थान गरेका छन् ।  प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिन मंगलबार दिउँसो बैंकक प्रस्थान गरेका हुन् ।

    प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक,पर्यटनमन्त्री बद्री पाण्डेलगायतले बिदाइ गरेका थिए । 

    थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली थाइ एयरलाइन्सको विमानमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता, पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच छवटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओली २३ चैतमा स्वदेश फर्किने कार्यक्रम छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend