२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • सहकारी ठगी मुद्दामा फरार सांसद बस्नेतले...

सहकारी ठगी मुद्दामा फरार सांसद बस्नेतले पठाइन् उपचारमा रहेको सूचना, सांसदहरुले जनाए स्वीकृति

सहकारी ठगी मुद्दामा फरार सांसद बस्नेतले पठाइन् उपचारमा रहेको सूचना, सांसदहरुले जनाए स्वीकृति

मंगलवार, चैत्र १९ २०८१०२:३७
मंगलवार, चैत्र १९ २०८१०२:३७
  • images

    काठमाडौं । सहकारी ठगी मुद्दामा फरार रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद गीता बस्नेतले संसद्मा आफू स्वास्थ्योपचारमा रहेको सूचना पठाएकी छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सांसद बस्नेत स्वास्थ्योपचारमा रहेको सूचना पढेर सुनाएका थिए । उक्त सूचनामा सांसद्हरुले स्वीकृति जनाएका छन् ।

    सांसद बस्नेत २०८१ माघ १८ गतेदेखि चैत १९ सम्म बसेका २७ वटा बैठकमा अनुपस्थित छिन् । नवलपरासीको छिपछिपे, चितवनको सनराइज र बर्दियाको नमस्ते सहकारी ठगीमा उनको नाम मुछिएको छ । उनीविरुद्ध गत वैशाख १४ गते पक्राउ पुर्जी जारी भइसकेको छ । सांसद बस्नेतले सहकारीको पैसा आफू सञ्चालक रहेको रिसोर्टमा लगानी गरेर दुरुपयोग गरेको पाइएको बताइएको छ । सांसद बस्नेत फरार रहेपनि उनले उनले यो बीचको तलबभत्तासमेत बुझेको पाइएको छ ।

    उनले नवलपरासी छिपछिपे सहकारीबाट ९६ लाख, चितवनको सनराइज सहकारीबाट करिब ९ करोड र बर्दियाको नमस्ते सहकारीबाट २५ लाख अपचलन गरेको आरोप छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend