२०८३, आश्विन २२ गते

images

सेयर बजारमा गिरावट

सेयर बजारमा गिरावट

मंगलवार, चैत्र १९ २०८१०३:२९
मंगलवार, चैत्र १९ २०८१०३:२९
  • images

    काठमाडौं । सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १५ दशमलव ५७ अङ्कले घटेर २६७७ दशमलव ५५ को विन्दुमा पुगेको छ ।

    मङ्गलवार ३२० कम्पनीका ५६ हजार ५४८ पटकको कारोबारमा एक करोड ६ लाख ७० हजार ६४९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ७९ करोड ७७ लाख ९१ हजार ७०० रुपैयाँ रहेको छ ।


    ४२ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको घटेको छ । १३ उपसमूहमध्ये १२ वटा घट्दा व्यापार समूहमा हरियाली छाएको छ । आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend