२०८३, आश्विन २२ गते

images
  • अर्थतन्त्र
  • मन्त्रिपरिषद् बैठकका १६ निर्णयः नयाँ नियुक्ती,...

मन्त्रिपरिषद् बैठकका १६ निर्णयः नयाँ नियुक्ती, मन्त्रीको विदेश भ्रमणदेखि राजस्व बाँडफाँटको ढाँचा स्वीकृतसम्म

मन्त्रिपरिषद् बैठकका १६ निर्णयः नयाँ नियुक्ती, मन्त्रीको विदेश भ्रमणदेखि राजस्व बाँडफाँटको ढाँचा स्वीकृतसम्म

मंगलवार, चैत्र १९ २०८१०४:३९
मंगलवार, चैत्र १९ २०८१०४:३९
  • images

    काठमाडौँ । सरकारले आगामी पाँच आर्थिक बर्षसम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलव्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको छ ।

    मंगलबार सिंहदरबारमा चैत्र १८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले आर्थिक वर्ष २०८२/८३ देखि २०८६/८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलव्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको जानकारी दिए। बैठकले आगामी आर्थिक बर्षका लागि प्रदेश तथा स्थानीय तहलाई उपलव्ध गराउने राजस्व बाँडफाँटको हिस्सा अनुमानीत रकम र बित्तीय समानीकरण अनुदान रकम स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।

    मन्त्रिपरिषद्ले धुलिखेल अस्पताल ट्रमा तथा आपत्तकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५७ करोड ३० लाख थप अनुदान सहायता प्राप्त गर्ने निर्णय गरेको छ भने नेपाल स्टक एकस्चेन्ज लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा चुडामणी चापागाईलाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए ।

    त्यस्तै बैठकले कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको कार्यकारी निर्देशक पदमा कृषि मन्त्रालयका वरिष्ठ अर्थ बिज्ञ डा प्रद्युम्नराज पाण्डेलाई नियुक्त गरेको छ भने परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानसम्बन्धी विधेयक तर्जुमा गर्न स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले म्यानमार सरकारलाई औषधि लगाएतका राहत सामाग्री उपलव्ध गराउने र नेपाली सेनाको चिकित्सक टोली म्यानमार पठाउने निर्णय समेत गरेको छ ।

    nirneya.jpg

    nirneya1.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend