२०८३, आश्विन २२ गते

images

आरपीजीसीएलका नवनियुक्त सीईओ श्रेष्ठले लिए शपथ

आरपीजीसीएलका नवनियुक्त सीईओ श्रेष्ठले लिए शपथ

सीएनएन खबर
मंगलवार, चैत्र १९ २०८१०५:४७
सीएनएन खबर
मंगलवार, चैत्र १९ २०८१०५:४७
  • images

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले विद्युत प्रसारण प्रणालीलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन निर्देश दिएका छन् । 

    राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपीजीसीएल) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ९सीईओ० इन्जिनियर सागर श्रेष्ठलाई शपथग्रहण कार्यक्रममा मन्त्री खड्काले प्रसारण लाइन अभावका कारण जलविद्युत् आयोजना प्रभावित नहुने सुनिश्चित गर्न आग्रह गरे ।

    ‘कतिपय जलविद्युत् आयोजना सम्पन्न भए पनि प्रसारण लाइनको अभावमा उत्पादित विद्युत् खेर जाने अवस्था छ । अब यस्तो समस्या दोहोरिनु हुँदैन,’ मन्त्री खड्काले भने, ‘युवा हुनुहुन्छ, आम जनताको विश्वास र भरोसा कायम राख्दै जिम्मेवारी पूरा गर्नुहोस् ।’

    सोमबार ऊर्जा मन्त्रालयमा सम्पन्न समारोहमा कम्पनीका अध्यक्ष तथा मन्त्रालयका सचिव सुरेश आचार्यले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथग्रहण गराए । सञ्चालक समितिको निर्णयअनुसार सात जना प्रतिस्पर्धीमध्ये अन्तिम छनोट प्रक्रियाबाट श्रेष्ठ कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् । चार वर्षे कार्यकालका लागि नियुक्त श्रेष्ठ यसअघि ललितपुरस्थित जनकपुर इन्जिनियरिङ कलेजको प्रिन्सिपलका रूपमा कार्यरत थिए।

    शपथपछि सीईओ श्रेष्ठले सरकारको ऊर्जा नीति अनुरूप कम्पनीको भूमिकालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘मन्त्रालयले दिएको जिम्मेवारी इमानदारिताका साथ पूरा गर्नेछु । कम्पनीलाई समुन्नत बनाउन मेरो सम्पूर्ण योग्यता र क्षमता प्रयोग गर्नेछु,’ श्रेष्ठले भने ।

    मन्त्रालयका सचिव तथा कम्पनीका अध्यक्ष आचार्यले सार्वजनिक–निजी साझेदारीअन्तर्गत प्रसारण लाइन निर्माण अघि बढिसकेको उल्लेख गर्दै निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्न निर्देशन दिए । ‘कम्पनीमा कार्यरत कर्मचारीलाई विश्वासमा लिएर अन्य कम्पनी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै मन्त्रालयसँग समन्वय गर्नुहोस्,’ उनले भने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend