२०८३, आश्विन २२ गते

images

रेकर्ड बनाएर घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

रेकर्ड बनाएर घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, चैत्र २० २०८११०:४५
बुधवार, चैत्र २० २०८११०:४५
  • images

    काठमाडौँ । पछिल्लो केही दिन यता निरन्तर बढेर रेकर्ड ब्रेक गरेको सुनको मूल्य बुधबार भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको तथ्यांक अनसार बुधबार प्रतितोला ६ सय रुपैयाँले सुनको मूल्य घटेको हो । 

    महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार  सुन तोलामा एक लाख ७९ हजार ७ सय रुपैयाँका कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मंगलबार चाँदी २ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो। 

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५३ हजार ५५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ३२ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend