काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले आर्थिक वर्ष २०८०/८१ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा प्राधिकरणबाट स्वीकृत भएपछि एलआईसी नेपालले विभिन्न बीमा योजनाका लागि नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीका अनुसार बीमाङ्कीय प्रतिवेदन तथा वित्तीय दायित्व मूल्यांकनका आधारमा नयाँ बोनसदर तोकिएको हो । सो प्रतिवेदन बीमा प्राधिकरणले चैत १७ गते स्वीकृत गरिसकेको कम्पनीले जनाएको छ ।
कम्पनीले जीवन बीधा, जीवन साथी, जीवन श्री योजनामा ५ देखि ९ वर्ष अवधिको प्रतिहजार ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको प्रतिहजार ५२ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिको प्रतिहजार ५३ रुपैयाँ बोनस तोकेको छ । सावाधिक बीमा योजनामा ५ देखि ९ वर्ष अवधिको प्रतिहजार ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको प्रतिहजार ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको प्रतिहजार ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ, २५ देखि ३४ वर्ष अवधिको प्रतिहजार ६१ रुपैयाँ, ३५ देखि ४४ वर्ष अवधिको प्रतिहजार ६३ रुपैयाँ र ४५ वर्षदेखि माथिको प्रतिहजार ६५ रुपैयाँ बोनसदर तोकेको छ ।
जीवन आन्नद बीमा योजनामा ५ देखि ९ वर्ष अवधिको प्रतिहजार ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको प्रतिहजार ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको प्रतिहजार ५७ रुपैयाँ र २५ वर्षदेखि माथिको प्रतिहजार ६० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । बाल सावाधिक ३४९ बीमा योजनामा १५ देखि १९ वर्ष अवधिको प्रतिहजार ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको प्रतिहजार ६३ रुपैयाँ र ३० वर्षदेखि माथिको प्रतिहजार ६४ रुपैयाँ बोनसदर प्रदान गरिनेछ ।
धन वृष्टि योजनामा १० वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ र १५ वर्ष अवधिको प्रतिहजार ५७ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । धन फिर्ता बीमा योजनामा १५ वर्ष अवधिको प्रतिहजार ५६ रुपैयाँ, २० वर्ष अवधिको प्रतिहजार ५७ रुपैयाँ र २५ वर्ष अवधिको प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरिएको छ । बाल ममता र बाल स्नेह योजनामा १५ वर्षसम्म अवधिको प्रतिहजार ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको प्रतिहजार ५७ रुपैयाँ बोनसदर प्रदान गरिनेछ । जीवन तरंग र नयाँ जीवन तरंग बीमा योजनामा १० वर्ष अवधिको प्रतिहजार ५० रुपैयाँ, १५ वर्ष अवधिको प्रतिहजार ५१ रुपैयाँ र २० वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ बोनदर तोकिएको छ ।
जीवन बचत योजनामा ५ देखि ९ वर्ष अवधिको प्रतिहजार ४१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको प्रतिहजार ४९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको प्रतिहजार ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको प्रतिहजार ५७ रुपैयाँ र २५ वर्ष माथिको प्रतिहजार ६३ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । जीवन लाभ योजनामा १० वर्ष अवधिको प्रतिहजार ५१ रुपैयाँ, १५ वर्ष अवधिको प्रतिहजार ५३ रुपैयाँ, २० वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ र २५ वर्ष अवधिको प्रतिहजार ५७ रुपैयाँ बोनसदर प्रदान गरिनेछ ।
बाल समृद्धि योजनामा १५ वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको प्रतिहजार ५६ रुपैयाँ र लघु सावधिक योजनाको सबैमा प्रतिहजार ४१ रुपैयाँ तोकिएको छ । साथै कम्पनीले ‘जीवन सरल’ योजनाअन्तर्गत लोयल्टी बोनसको व्यवस्था गरेको छ । ५ हजार रुपैयाँसम्म बीमा शुल्कमा प्रतिहजार २५५ रुपैयाँ, ५ हजारदेखि २० हजार रुपैयाँ बीमा शुल्कमा प्रतिहजार ३१० रुपैयाँ, २० हजार १ देखि ५० हजार रुपैयाँ बीमा शुल्कमा प्रतिहजार ३६५ रुपैयाँ र ५० हजार १ वा सोभन्दा माथि बीमा शुल्कमा प्रतिहजार ४०५ रुपैयाँ लोयल्टी बोनस प्रदान गरिनेछ ।
नयाँ बोनसदर तथा लोयल्टी बोनसको व्यवस्थाले एलआईसी नेपालका बीमितहरूलाई थप लाभान्वित गर्ने विश्वास कम्पनीले लिएको छ ।

