२०८३, आश्विन २२ गते

images
  • समाचार
  • को हुन् टोखाको झोरमा ट्रकमा भेटिएको...

को हुन् टोखाको झोरमा ट्रकमा भेटिएको २५ करोडका मालिका ?

को हुन् टोखाको झोरमा ट्रकमा भेटिएको २५ करोडका मालिका ?

बुधवार, चैत्र २० २०८१०४:४०
बुधवार, चैत्र २० २०८१०४:४०
  • images

    काठमाडौँ । प्रहरीले यही चैत ४ गते काठमाडौँको टोखास्थि झोरमा ट्रकमा भेटिएको २५ करोड रुपैयाँको मालिक भेटिएको जनाएको छ । 

    उक्त पैसा भेटिएको १६ दिनपछि प्रहरीले मालिक पत्ता लगाएको हो । चैत ४ गते ट्रकसहित प्रहरीले चालक सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो ।

    थप अनुसन्धानका क्रममा चालकसँगको फोन सम्पर्कका आधारमा प्रहरीले भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिकको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलको रहेको खुलेको छ ।

    प्रहरीको अहिलेसम्मको अनुसन्धाबाट उक्त रकम पौडेलले दिएको खुल्न आएको एक अधिकृतले जानकारी दिए । पौडेललाई पक्राउ गर्नका लागि अदालतबाट पुर्जी जारी भइसकेको छ ।

    चालक लामाको बैंक खाताको विवरण हेर्दा अस्वभाविक कारोबार देखिएको प्रहरीले जनाएको छ । जसको सीडीआर विश्लेषणबाट पौडेलको मोबाइलमा अन्तिम पटक सम्पर्क भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले उक्त व्यक्तिलाई पक्राउ गरेर जिम्मा लगाउन प्रहरीलाई पत्राचार समेत गरेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend