२०८३, आश्विन २२ गते

images

रास्वपाले ‘जनयात्रा’ गर्दै

रास्वपाले ‘जनयात्रा’ गर्दै

बुधवार, चैत्र २० २०८१०४:५१
बुधवार, चैत्र २० २०८१०४:५१
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनबाट ‘जनयात्रा’ शुभारम्भ गर्ने भएको छ । संवाद र सम्बोधनसहित सातै प्रदेशमा हुने उक्त अभियान चैत्र २३ गते शनिवारबाट सुरु हुने भएको छ ।

    सहकारी ठगी प्रकरणका कारण पार्टी नेतृत्वमा नरहेका रवि लामिछाने साढे पाँच महिनामा फेरि पार्टी नेतृत्वको जिम्मेवारीमा फर्केका छन् । सभापति लामिछानेले सोमबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकबाटै सरकारले आफूमाथि गरेको ज्याजती आम चितवनवासीलाई सुनाउने उद्घोष समेत गरेका थिए ।

    पार्टीको जिम्मेवारीमा फर्किए पश्चात लामिछाने पहिलो पटक सार्वजनिक कार्यक्रमका रुपमा उक्त अभियानमा सरिक हुँदैछन् । उक्त अभियान चितवनबाट सुरुभई बागमती प्रदेशका अन्य स्थानसहित सातै प्रदेशमा पुगिने जनाईएको छ । ‘जन यात्रा’मा जोडिएकाहरुसंग संवाद गर्दै उठान हुने कुराहरुलाई सम्बोधन गर्दै अगाडी बढ्ने आयोजकले जनाएको छ ।

    देशमा व्याप्त भ्रष्टाचार, कुशासन र गलत नीति तथा गतिविधिहरू विरुद्धको लडाईँमा आवाज अझ बढी बुलन्द पार्न ‘जन यात्रा’मा आम नागरिक तथा पार्टीका नेता कार्यकर्ता जोडिन समेत आयोजकले आग्रह गरेको छ । शनिवार दिउँसो २ बजे भरतपुरको गेष्ट हाउस चौरबाट सुरु हुने उक्त ‘जन यात्रा’मा पार्टी सभापति लामिछाने, शिर्ष नेता लगाएत प्रदेश तथा जिल्ला तहका नेताहरु जोडिने जनाइएको छ ।

    सभापति लामिछानेले सत्ता गठबन्धनबाट अर्को प्रहार हुन सक्ने भएकाले पार्टी संरचना अझै सबल र सशक्त हुनुपर्नेमा समेत जोड दिदै आएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend