२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • तीनकुने घटनाबारे गृहमन्त्रीले राज्य व्यवस्था समितिमा...

तीनकुने घटनाबारे गृहमन्त्रीले राज्य व्यवस्था समितिमा चैत २२ गते जबाफ दिने

तीनकुने घटनाबारे गृहमन्त्रीले राज्य व्यवस्था समितिमा चैत २२ गते जबाफ दिने

बुधवार, चैत्र २० २०८१०५:०६
बुधवार, चैत्र २० २०८१०५:०६
  • images

    काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिले गृहमन्त्री रमेश लेखकसँग चैत १५ गतेको तीनकुने घटनाबारे जानकारी लिने भएको छ। समिति सभापति रामहरि खतिवडाले गृहमन्त्री लेखकलाई तीनकुने घटनाबारे जानकारी गराउन चैत २२ गते ११ बजे समितिमा निम्त्याएको जानकारी दिएका हुन्। सांसदहरूले उक्त घटनाबारे गृहमन्त्रीसँग सोधपुछ गर्न पाउनुपर्ने माग गरेका थिए।

    राप्रपाका सांसद बुद्धिमान तामाङ, नेकपा एमालेका सांसद राजेन्द्र राई लगायतले छिटोभन्दा छिटो गृहमन्त्रीलाई समितिमा डाक्नुपर्ने माग गरेका थिए। चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनको क्रममा २ जनाको मृत्यु भएको थियो। साथै प्रदर्शनकारीले निजी सम्पत्ति तोडफोड र आगजनी गरेका थिए।

    उक्त घटनाबारे गृहमन्त्री लेखकले सदनमा जानकारी गराउन खोजेका थिए। तर प्रतिनिधि सभाको अधिवेशन अन्त्य हुने दिन राप्रापका सांसद दिपक बोहराको निधन भएपछि बैठक शोक प्रस्ताव पारित गरेर टुङ्गिएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend