२०८३, आश्विन २२ गते

images
  • समाचार
  • काठमाडौँको आकाशबाट बादल फाट्न केही दिन...

काठमाडौँको आकाशबाट बादल फाट्न केही दिन लाग्ने, कस्तो अन्य स्थानको मौसम ?

काठमाडौँको आकाशबाट बादल फाट्न केही दिन लाग्ने, कस्तो अन्य स्थानको मौसम ?

बिहिवार, चैत्र २१ २०८१०७:२९
बिहिवार, चैत्र २१ २०८१०७:२९
  • images

    काठमाडौँ । विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ । 

    भोलि शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसमविद् बिनु महर्जनले जानकारी दिए ।

    हाल राजधानी उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको उनले बताए । बुधबारको तुलनामा आज तापक्रम पनि केही घटेको जानकारी दिँदै उनले भोलिदेखि क्रमशः तापक्रम पनि बढ्ने जानकारी दिए ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको तथा लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend