२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • मधेसी मोर्चाको औपचारिक घोषणा आज हुँदै,...

मधेसी मोर्चाको औपचारिक घोषणा आज हुँदै, यी दल हुँदैछन् समावेश

मधेसी मोर्चाको औपचारिक घोषणा आज हुँदै, यी दल हुँदैछन् समावेश

बिहिवार, चैत्र २१ २०८१०८:३२
बिहिवार, चैत्र २१ २०८१०८:३२
  • images

    काठमाडौँ । तराई–मधेस केन्द्रित दलहरूले आज संघीय लोकतान्त्रिक मोर्चाको घोषणा गर्ने भएका छन् । आज औपचारिक रूपमा घोषणा हुन लागेको मोर्चामा संघीय संसद भित्र र बाहिरका ७ तराई–मधेस केन्द्रित दल रहनेछन् ।

    मोर्चाको नाम संघीय लोकतान्त्रिक मधेसी मोर्चा राखिएको बुझिएको छ । यसअघि ८ दलको मधेसी मोर्चाको तयारी भए पनि अन्तिममा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी भने मोर्चामा सामेल नहुने भएको छ ।

    संसद भित्र प्रतिनिधत्व गर्ने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा। सीके राउत नेतृत्वको जनमत पार्टी र रेसमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी रहेका छन् । 

    साथै, संसद भन्दा बाहिर रहेका दलहरू मध्ये राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी मोर्चामा सहभागी हुनेछन् ।

    यो घोषणा दिउँसो ३ः०० बजे बानेश्वर बैंक्वटमा हुने नेता केशव झाले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend