२०८३, आश्विन २२ गते

images

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ८० हजार नाघ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ८० हजार नाघ्यो

बिहिवार, चैत्र २१ २०८११०:४४
बिहिवार, चैत्र २१ २०८११०:४४
  • images

    काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड तोडेको छ । आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेसँगगै नयाँ रेकर्ड बनाएको हो ।

    हालसम्मको सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको थियो । यस आधारमा बिहीबार छापावाल सुनको मूल्य १ हजार २०० रुपैयाँ बढेर हालसम्मकै उच्चबिन्दुमा पुगेको हो । 

    यसैबिच चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend