२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • उपमेयरको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतसहितको आकस्मिक...

उपमेयरको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतसहितको आकस्मिक बैठक

उपमेयरको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतसहितको आकस्मिक बैठक

बिहिवार, चैत्र २१ २०८१०१:२३
बिहिवार, चैत्र २१ २०८१०१:२३
  • images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराएका छन्।

    यतिबेला उपमेयर सुनिता डंगोलको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक बसिरहेको छ। उपमेयर डङ्गोल वडाध्यक्ष र कर्मचारीहरूको सुरक्षा घेरामा कार्यालय प्रवेश गरेका गुरागाईंलाई स्वागत गर्न उपमेयर पनि उनको कार्यकक्ष पुगेकी थिइन्।

    बिदामा राखिएका अधिकृतलाई जबर्जस्ती हाजिर गराउँन खोजेपछि मेयर बालेन्द्र साहले नगर प्रहरी परिचालन गरेर रोक्ने प्रयास गरेका थिए। तर, वडाध्यक्ष र कर्मचारीहरूले प्रतिरोध गरेपछि नगर प्रहरी पछि हट्न बाध्य भएको थियो।

    यसक्रममा नगर प्रहरीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका थिए। तर, कर्मचारीहरू र जनप्रतिनिधिहरूले ढोका नै तोडफोड गरेर उनलाई कार्यकक्ष प्रवेश गराएका हुन्। ५ महिनादेखि तलब नपाएपछि महानगरका कर्मचारीहरू असन्तुष्ट थिए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend