२०८३, आश्विन २२ गते

images
  • अर्थतन्त्र
  • वाणिज्य विभागद्वारा एमएडब्ल्यूमा छापा, दिपल, सेरेस...

वाणिज्य विभागद्वारा एमएडब्ल्यूमा छापा, दिपल, सेरेस र नामी ईभीको बिक्री ठप्प

वाणिज्य विभागद्वारा एमएडब्ल्यूमा छापा, दिपल, सेरेस र नामी ईभीको बिक्री ठप्प

बिहिवार, चैत्र २१ २०८१०१:४५
बिहिवार, चैत्र २१ २०८१०१:४५
  • images

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमएडब्ल्यू वृद्धि मोटर्समा छापा मारेको छ । विद्युतीय सवारी (ईभी गाडी)को आयातकर्ता कम्पनी एमएडब्ल्यू वृद्धिले गाडी आयात गर्दा ९९ किलोवाट क्षमताको मोटर पावरको आधिकारिक डकुमेन्ट बुझाउन नसकेको भन्दै विभागले छापा मारेको हो ।

    विभागले ९९ किलोवाट क्षमताको पुष्टि हुने कागजात र खुद्रा मूल्य नखुलाएको भन्दै छापा हानेको जनाएको छ । उक्त कम्पनीलाई चैत २० गते पत्र पठाउँदै विभागले बिक्री वितरण रोक्का गरिदिएको छ ।

    विभागका अनुसार एमएडब्ल्यू वृद्धि मोटर्स (काठमाडौं–११) र एमएडब्ल्यू वृद्धि अटोकर्प प्रा.लि. (काठमाडौं–११) लाई बिक्री वितरण रोकेर आवश्यक कागजात बुझाउन निर्देशन दिइएको छ ।

    विभागका महानिर्देशक कुमार दाहालले पटक–पटक राख्न निर्देशन दिँदा पनि कम्पनीले खुद्रा मूल्यसूची उपलब्ध नगराएपछि बिक्री नै रोक्नु परेको बताएका छन् । नेपालमा एमएडब्ल्यू वृद्धिले दिपल, सेरेस र नामी ब्रान्डका ईभी गाडी आयात र बिक्री गर्दै आएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend