२०८३, आश्विन २२ गते

images

एनसेलले ल्यायो आकर्षक एनएसएल अफरहरू

एनसेलले ल्यायो आकर्षक एनएसएल अफरहरू

बिहिवार, चैत्र २१ २०८१०४:३१
बिहिवार, चैत्र २१ २०८१०४:३१
  • images

    काठमाडौं । हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफरहरू सञ्चालनमा ल्याएको छ । यी अफरहरूअन्तर्गत ग्राहकहरूले सधैँ अन रिन्युअल प्याकहरूमा दोब्बर डाटा र साना डाटा प्याकहरूमा बोनस सेवाहरू पाउँछन् ।

    यी दुवै अफरहरू बिहीबारदेखि लागू भएका छन् भने १६ वैशाखसम्म मात्र मान्य रहने एनसेलले जनाएको छ । एनएसएल डब्बल डाटा अफरअन्तर्गत, करसहित ३९९ रुपैयाँबाट सुरु हुने सधैँ अन रिन्युअल प्याकहरू ग्राहकहरूले दोब्बर डाटा बोनसका रूपमा प्राप्त गर्ने बताइएको छ । उदाहरणका लागि ७९९ को मासिक सधैँ अन रिन्युअल प्याक लिने ग्राहकहरूले प्याकमा पाइने मुख्य सेवाहरू ३० जीबी डाटा, सबै नेटवर्कमा अनलिमिटेड कल गर्न सकिने सुविधा र ७९ वटा सबै नेटवर्कमा पठाउन सकिने एसएमएस सेवाबाहेक थप ३० जीबी बोनस डाटा प्राप्त गर्दछन् ।

    कम्पनीका अनुसार यो डब्बल डाटा बोनस अफर हाल सञ्चालनमा रहेका सबै सधैँ अन रिन्युअल प्याकका प्रयोगकर्ताहरूका साथै यो अफर अवधिभित्र यी प्याकहरू लिने नयाँ ग्राहकहरूलाई लागू हुनेछ । यो अफर ग्राहकहरूका लागि निकै फाइदाजनक छ, किनभने बोनस डाटा पहिले प्रयोग हुने भएकाले प्याकमा पाइने डाटालगायतका बाँकी सेवाहरू क्यारीओभर अर्थात् थपिएर अर्को महिनामा पाइन्छ ।

    हाल एनसेलले सधैँ अन रिन्युअल योजनाअन्तर्गत डाटा, भ्वाइस र एसएमएस सेवाहरू बन्डल भएको ६ वटा मासिक रिन्युअल प्याकहरू प्रदान गरिरहेको छ । प्रत्येक प्याकमा निःशुल्क अनलिमिटेड युट्युब डाटा र राति ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड इन्टरनेट चलाउन मिल्ने नाइट डाटा पनि समावेश रहेका छन् । करसहित ७९९, ९९९ र १,४९९ रुपैयाँका रिन्युअल प्याकहरूमा ग्राहकहरूले ३० दिनसम्म मान्य रहने प्रतिदिन १,००० रुपैयाँका दरले अधिकतम १०,००० रुपैयाँसम्मको अस्पताल भर्ना बीमा सुविधा पनि प्राप्त गर्दछन् ।

    अर्को एनएसएल विशेष अफर एनसेल एपमा मात्र उपलब्ध रहने एनएसएल फ्ल्यास सेल रहेको छ । यस अफरअन्तर्गत, ५० रुपैयाँमा २४ घण्टा लागि मान्य ५० अनलिमिटेड डाटा लिने ग्राहकले बोनसस्वरुप २० मिनेट एनसेलबाट अन्य एनसेल नम्बरमा कल गर्न सकिने टक टाइम प्राप्त गर्दछन् । त्यस्तै, १५० मा ७ दिनसम्म मान्य हुने ७ जीबी डब्बल मजा प्याक किन्दा ग्राहकहरूले बोनसका रूपमा थप २ जीबी डाटा बोनस प्राप्त गर्दछन् ।

    नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल खेल एनएसएलमा थप रोमाञ्चकता थप्दै सञ्चालनमा ल्याइएका यी अफरहरूले ग्राहकहरूलाई ठूलो महत्त्व राख्ने एनसेलले जनाएको छ । एनसेल यस सिजन ३ मा टाइटल स्पोन्सरका रूपमा आबद्ध छ । ‘हामी तपाईंकै लागि’ भन्ने आफ्नो थिमलाई प्रतिबिम्बित गर्दै एनसेलले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न प्लेटफर्म उपलब्ध गराउने प्रतिबद्धताकासाथ देशमा खेलकुदको विकासमा योगदान पुर्‍याउने उद्देश्यअनुरुप यो सहकार्य गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend