२०८३, आश्विन २२ गते

images
  • समाचार
  • सरकारलाई विज्ञको सुझावः प्रदुषण कम गर्न...

सरकारलाई विज्ञको सुझावः प्रदुषण कम गर्न हप्ता २ दिन बिदादेखि सवारी साधन जोरविजोर सञ्चालनसम्म

सरकारलाई विज्ञको सुझावः प्रदुषण कम गर्न हप्ता २ दिन बिदादेखि सवारी साधन जोरविजोर सञ्चालनसम्म

बिहिवार, चैत्र २१ २०८१०४:५४
बिहिवार, चैत्र २१ २०८१०४:५४
  • images

    काठमाडौँ । वातावरण विदहरुले वायु प्रदुषण कम गर्न हप्तामा २ दिन सार्वजनिक बिदा दिन सुझाव दिएका छन् । 

    कार्यवाहक प्रधानमन्त्रीज्यू वातावरण प्रदूषणको हालको अवस्थाबारे शहरीविकास मन्त्रालयमा गरेको छलफल विज्ञहरुले उक्त सुझाव दिएका हुन्। 

    कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरुमा देखिएको उच्च वायु प्रदूषण बारे गरेको छलफलमा 
    शहरी विकास मन्त्रालयमामा वन मन्त्रालयअन्तर्गत वातावरण विभाग र विज्ञहरुको सहभाविता थियो ।

    उक्त बैठकमा विज्ञहरूले प्रदूषण कम नहुँदासम्म सातामा दुई दिन सार्वजनकि बिदा गर्न र सवारी साधनमा जोर(विजोर गर्न सुझाव दिएका छन् ।

    उनीहरुले देशका विभिन्न स्थानमा लागेको आगलागी नियन्त्रणमा सरकार गम्भीर बन्नु पर्ने जनाए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend