काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो २४ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। बैंकले वार्षिकोत्सवको अवसरमा सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन्तकप्रति आभार व्यक्त गर्दै, उनीहरूको निरन्तर साथ र विश्वासले नै बैंकलाई आजको सफल स्थानमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।
बैंकले आफूलाई देशकै अग्रणी वित्तीय संस्था बनाउने लक्ष्यसहित नवप्रवर्तनशील तथा उत्कृष्ट बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आइरहेको उल्लेख गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी समाधानहरू प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। वार्षिकोत्सव विशेष बनाउने उद्देश्यले बैंकले आफ्ना कर्मचारीहरूलाई परम्परागत भेषभूषा धारण गर्न प्रेरित गरेको थियो। यस कार्यक्रममार्फत संस्थागत विविधता सशक्त बनाउने तथा नेपाली सांस्कृतिक पहिचानको संरक्षण गर्ने लक्ष्य लिइएको बैंकले जनाएको छ।
‘विविधतामा एकता’ भन्ने मुल्यमान्यताअनुसार, बैंकले संस्थागत संस्कृति र समुदायप्रतिको जिम्मेवारीलाई समेत सधैं प्राथमिकतामा राख्दै आएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत, कुमारी बैंकले देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रमको आयोजनासमेत गरेको छ। यस अभियानले रक्त बैंकहरूमा आवश्यक रगतको आपूर्ति सहज बनाउन तथा जीवन बचाउन योगदान पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ।
‘सबैका लागि, सधैंका लागि’ भन्ने नारासहित बैंकले भविष्यमा पनि ग्राहकमैत्री, नविन र समावेशी बैंकिङ सेवा प्रदान गर्दै समृद्ध नेपाल निर्माणमा योगदान पु¥याउने योजना अघि सारेको छ।

