काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला ३ हजार ९ सय रुपैयाँले घटेको हो ।
बिहीबार नयाँ मूल्य बनाएको सुनको मूल्य घटेसँगै शुक्रबारका लागि प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन बिहीबार सुन तोलामा एक लाख ८० हजार ३ सय रुपैयाँका कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ । आज चाँदी एक हजार ८७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहीबार चाँदी एक हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५१ हजार २३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ३रुपैयाँ कायम भएको छ ।

