काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका नायब सुब्बासहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले शुक्रबार भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीमा कार्यरत नायब सुब्बा दिपेन्द्र नारायण चौधरी, खरिदार मुन्ना दास भन्ने मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतो विरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरुमाथि जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घुस लिएको आरोप लागेको छ ।
आयोगले तीनै जनाविरुद्ध घुसररिसवत लिई भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्धा दायर गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

