२०८३, आश्विन २२ गते

images

नयाँ वर्षमा गरिमा विकास बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा १५ प्रतिशत छुट पाउने

नयाँ वर्षमा गरिमा विकास बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा १५ प्रतिशत छुट पाउने

सीएनएन खबर
शुक्रवार, चैत्र २२ २०८१०४:१०
सीएनएन खबर
शुक्रवार, चैत्र २२ २०८१०४:१०
  • images

    काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५ प्रतिसतसम्म छुट पाउने भएका छन् । 

    बैंकले नयाँ वर्ष २०८२ लाई मध्यनजर गरी सो छुट योजना सार्वजनिक गरेको हो । उक्त योजना सार्वजनिक भएसँगै अब गरिमा विकास बैंकका ग्राहकले दराज मार्फत सामान गरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् । 

    यस छुट योजना अन्तर्गत विकास बैंकका क्रेडिट कार्डहोल्डर ग्राहकहरुले दराजको बेवसाईट वा मोबाईल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५% वा अधिकतम ७५० रुपैयाँसम्म र डेविट कार्ड होल्डर ग्राहकहरुले १०% वा अधिकतम ५०० रुपैयाँसम्म छुट प्राप्त गर्नेछन् । 

    छुट योजना २०८१ चैत्र २२ गतेदेखि सुरु भई २०८१ चैत्र ३१ गतेसम्म लागू हुनेछ । गरिमा विकास बैंकका कार्डहोल्डर ग्राहकहरुले यस योजना सुरु भएपश्चात दराजको बेवसाईट वा मोबाईल एपमा उपलब्ध हुने यस विकास बैंकको नाँउको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्नेछन् । 

    हाल, गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend