२०८३, आश्विन २२ गते

images

तीनकुने वरपरको क्षेत्रमा कुनैपनि कार्यक्रम गर्न नदिन निर्देशन

तीनकुने वरपरको क्षेत्रमा कुनैपनि कार्यक्रम गर्न नदिन निर्देशन

शुक्रवार, चैत्र २२ २०८११०:२५
शुक्रवार, चैत्र २२ २०८११०:२५
  • images

    काठमाडौं । अबदेखि तीनकुने र आसपाको क्षेत्रमा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन र धर्ना आदीका कार्यक्रमहरु गर्न अनुमति गर्न नदिन संसदीय समितिले निर्देशन दिएको छ ।

    शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको निर्णय सुनाउँदै सभापति रामहरी खतिवडाले यस्तो निर्देशन दिएका हुन ।


    उनले भने,‘काठमाडौंको तीनकुने र आसपासका स्थानमा अब आइन्दा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन र धर्ना आदीका कार्यक्रमहरु गर्न अनुमति नदिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्रालयलाई समिति निर्देशन गर्दछ ।’

    त्यस्तै चैत्र १५ गतेको घटनाको सत्यतथ्य छानविन गरी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यसमा संलग्न रहेकालाई आवश्यक छानविन गरी कानुनी कारबाहीलाई अघि बढाउन पनि उनले निर्देशन दिएका छन् ।

    नेपाल प्रहरी ,सशस्त्र प्रहरी लगायत सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक बजेटको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend