२०८३, आश्विन २३ गते

images

दुई दिनमै ६ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

दुई दिनमै ६ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, चैत्र २४ २०८११०:५३
आइतवार, चैत्र २४ २०८११०:५३
  • images

    काठमाडौँ । पछिल्लो २ दिनमा सुनको मूल्य झन्डै ६ हजार रुपैयाँले घटेको पाइएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार गत शुक्रबार र आइतबार गरी २ दिनको अबधिमा सुनको मूल्य ५ हजार ८ सय रुपैयाँले घटेको हो । 

    गत शुक्रबार प्रतितोला ३ हजार ९ सय रुपैयाँले घटेको सुनको मूल्य आइतबार समेत प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेको हो । 

    रेकर्ड ब्रेक गरेर सुनको मूल्य घटेसँगै आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन तोलामा एक लाख ७६ हजार ४ सय रुपैयाँका कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि ७० रुपैयाँले घटेको छ । आज चाँदी एक हजार ८ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी एक हजार ८७० रुपैयाँमा कारोबार भएको थियो। 

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४९ हजार ६ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ५ सय ४३ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend