२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • ढकिया चिन्हमा एकताबद्ध हुँदै जनमत र...

ढकिया चिन्हमा एकताबद्ध हुँदै जनमत र नागरिक उन्मुक्ति पार्टी

ढकिया चिन्हमा एकताबद्ध हुँदै जनमत र नागरिक उन्मुक्ति पार्टी

आइतवार, चैत्र २४ २०८१०८:३६
आइतवार, चैत्र २४ २०८१०८:३६
  • images

    काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १५ भित्र पार्टी एकता घोषणा हुने भएको छ। आइतबार बर्दियाको मधुवनमा बसेको पार्टी एकता कार्यदलको बैठकले एकतापछिको पार्टीको  नाम, चुनाव चिह्न र पदाधिकारी लगायतका विषयमा सहमति गरेपछि एकता घोषणा बैशाख १५ भित्र गर्ने वातावरण बनेको हो। 

    कार्यदलका सदस्य एवं कैलालीको टिकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले छलफलमा विभिन्न ९ विषयमध्य धैरैमा सहमति जुटेको र केहीमा बाँकी रहेकाले त्यो टुंगिएपछि पार्टी एकताको घोषणा हुने बताए। 

    एकतापछि पार्टीको नाम नागरिक जनमत रहने छ भने चुनाव चिह्न ढकिया रहने र पार्टीको झण्डा कलेजी रङगमा ढकिया हुनेछ।

    त्यस्तै संरक्षक रेशम चौधरी र अध्यक्ष सिके राउत हुने भए पनि रन्जिता श्रेष्ठको विषयमा भने सहमति हुन बाँकी छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend