२०८३, आश्विन २२ गते

images
  • समाचार
  • राप्रपालाई प्रशासनले दिएन भृकुटीमण्डपमा कार्यक्रम गर्न,...

राप्रपालाई प्रशासनले दिएन भृकुटीमण्डपमा कार्यक्रम गर्न, बल्खु वा सिफल चौरमा गर्न अनुरोध

राप्रपालाई प्रशासनले दिएन भृकुटीमण्डपमा कार्यक्रम गर्न, बल्खु वा सिफल चौरमा गर्न अनुरोध

सोमवार, चैत्र २५ २०८१०६:५७
सोमवार, चैत्र २५ २०८१०६:५७
  • images

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले चैत २६ गते राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने निर्णय गरेको छ। आइतबार प्रशासनले राप्रपालाई पत्राचार गर्दै सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्न अनुरोध गरेको हो । 

    भृकुटीमण्डपमा आमसभा आयोजना गर्ने गरी राप्रपाले चैत २२ मा प्रशासनलाई इमेल पठाएको थियो ।  सो पत्रका सन्दर्भमा उक्त स्थानमा कार्यक्रम आयोजना गर्न अन्य आन्दोलनका कार्यक्रमहरू ९शिक्षकहरूको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रमहरू लगायत पूर्व निर्धारित कार्यक्रमहरू० पनि भइरहेकाले अनुमति दिन नसकिएको  सुजन शुभ भ्लोनद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ । 

    ‘सुरक्षा संवेदनशीलताका हिसाबले माग भएको स्थानमा हाललाई कार्यक्रम आयोजना गर्न उपयुक्त नभएको हुँदा जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्ने व्यवस्था हुन निर्णयानुसार अनुरोध छ’, पत्रमा भनिएको छ । 

    यसअघि राजावादी समूहले चैत १५ मा तीनकुनेमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो । अहिले पनि सबै राजावादी समूह एकठाउँमा भएर कार्यक्रम गर्न लागेकाले प्रशासनले सुरक्षा संवेदनशीलतालाई देखाएर भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिएको बताइएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend