२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • आज अदालत उपस्थित हुँदै रवि लामिछाने,...

आज अदालत उपस्थित हुँदै रवि लामिछाने, सबै प्रक्रिया सकेर कारागार चलान गरिने

आज अदालत उपस्थित हुँदै रवि लामिछाने, सबै प्रक्रिया सकेर कारागार चलान गरिने

सोमवार, चैत्र २५ २०८१०७:३५
सोमवार, चैत्र २५ २०८१०७:३५
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रुपन्देही जिल्ला अदालत उपस्थित गराइँदैछ।

    शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा पुर्याऎर जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएका लामिछानेलाई आज रुपन्देही जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो।

    लामिछानेलाई कार्यालय समय शुरु भएपछि अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए। लामिछानेलाई आज अदालतमा उपस्थित गराए पछि प्रक्रिया पूरा गरेर आजै कारागार चलान गरिने डिएसपी कार्कीले जानकारी बताए।

    सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याउँदै शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो।

    जिल्ला अदालतले त्यसअघि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश गरेको थियो। उक्त आदेशलाई बदर गरी साधारण तारेखमा छुट्ने आदेशको माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए।

    उच्चले जिल्लाको आदेश उल्ट्याएर थुनामा पठाउन भनेपछि शुक्रबार लामिछानेलाई काठमाडौंको हात्तीगौंडास्थित निवासबाट पक्राउ गरी रूपन्देही पठाइएको थियो।

    शनिबार र आइतबार उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो। दुई दिन बिदा परेकाले बाँकी प्रक्रिया सोमबारदेखि मात्रै शुरु हुने भएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend