काठमाडौँ । साताको दोस्रो कारोबार दिन सुनको मूल्यमा कमी आएको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार सुन प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो ।
आइतबार सुन प्रतितोला एक लाख ७४ हजार ५ सय रुपैयाँका कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने ३० रुपैयाँले बढेको छ । आज चाँदी एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार चाँदी एक हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४९ हजार ५ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ५ सय ६९ रुपैयाँ कायम भएको छ ।

