२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • भैरहवा कारागारको ४ नम्बर ब्लकमा रवि...

भैरहवा कारागारको ४ नम्बर ब्लकमा रवि लामिछाने एक्लै

भैरहवा कारागारको ४ नम्बर ब्लकमा रवि लामिछाने एक्लै

सोमवार, चैत्र २५ २०८१०१:१४
सोमवार, चैत्र २५ २०८१०१:१४
  • images

    काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सोमबार जिल्ला कारागार, भैरहवा रुपन्देहीको ४ नम्बर ब्लकमा एक्लै राखिएको छ ।

    कारागार प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेलाई कारागारको ४ नम्बर ब्लकमा राखिएको हो । जहाँ १० जनासम्म थुनुवा बस्न सक्ने क्षमता भए पनि हाल अन्य कोही छैनन् । 

    भैरहवा कारागारमा हाल ४ वटा ब्लक रहेका छन् । १ र २ नम्बर ब्लकमा पुरुष कैदी थुनुवा, ३ नम्बरमा महिला कैदीहरू छन् भने ४ नम्बर ब्लक अहिले रविका लागि छुट्याइएको छ ।

    लामिछानेलाई गत शुक्रबार काठमाडौंस्थित निवासबाट पक्राउ गरी जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो । चैत २३ गते बिहान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनलाई रुपन्देही लगिएको थियो ।

    सरकारी बिदाका कारण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई सोमबार जिल्ला अदालत, रुपन्देहीमा उपस्थित गराई थुनुवा पुर्जी दिई कारागार चलान गरिएको हो ।

    उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सुप्रिम सहकारीको रकम ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालतले मागेको एक करोड धरौटीको आदेशलाई उच्च अदालतले बदर गर्दै थुनामा पठाउने निर्णय गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend