२०८३, आश्विन २२ गते

images
  • अर्थतन्त्र
  • कायम मुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर...

कायम मुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर तिम्सिनालाई

कायम मुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर तिम्सिनालाई

सोमवार, चैत्र २५ २०८१०१:२१
सोमवार, चैत्र २५ २०८१०१:२१
  • images

    काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ । 

    नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् । 

    शुक्रबार ५ वर्षे महाप्रसाद अधिकारी विदा भएपछि अहिले राष्ट्र बैंक गभर्नरविहीन छ। 

    २०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका अधिकारी पाँच वर्षे कार्यकाल सकेर यही चैत २२ गते विदा भएका हुन्। 

    गभर्नर नियुक्ती लगायको विषयमा निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उक्त बैठकले गभर्नर नियुक्ती गर्ने सम्भावना उच्च रहेको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् । 

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend