२०८३, आश्विन २२ गते

images
  • अर्थतन्त्र
  • सहकारी, लघुवित्त र मिटरब्याज पीडितहरु राष्ट्रपति...

सहकारी, लघुवित्त र मिटरब्याज पीडितहरु राष्ट्रपति भवननजिक धर्नामा

सहकारी, लघुवित्त र मिटरब्याज पीडितहरु राष्ट्रपति भवननजिक धर्नामा

सोमवार, चैत्र २५ २०८१०१:४५
सोमवार, चैत्र २५ २०८१०१:४५
  • images

    काठमाडौं ।  सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले आज राष्ट्रपति भवन शीतलनिवास नजिकै धर्ना दिएका छन् । उनीहरू सोमबार रत्नपार्कमा भेला भएर राष्ट्रपति कार्यालय पुगेका हुन् ।

    प्रदर्शनकारीहरूले सहकारीको स्वनियमन खारेज गर, पीडितको बचत रकम फिर्ता हुने सुनिश्चित गर, पीडितको घाउमा मलहम लगाउने काम गर लगायतका प्लेकार्ड प्रदर्शन गरेको थिए भने पीडितलाई न्याय दे भन्दै उनीहरूले नाराबाजी गरेका थिए ।

     सरकारले पटकपटक सम्झौता गर्ने तर पीडितको समस्या समाधान नगर्ने गरेको उनीहरूको गुनासो छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडनविरुद्ध अनिश्चितकालीन संघीय राजधानी काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका छन् ।

     

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend