२०८३, आश्विन २२ गते

images

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, सवा करोड मात्रै कारोबार

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, सवा करोड मात्रै कारोबार

सोमवार, चैत्र २५ २०८१०३:१६
सोमवार, चैत्र २५ २०८१०३:१६
  • images

    काठमाडौँ । कारोबारको पहिलो दिन शेयर बजारा दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३२.४५ अकंले घटेर २६७०.९४ बिन्दुमा कायम भएको छ । अज ३२२ कम्पनीको १ करोड १४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.९० प्रतिशत, विकास बैंक समूहको १.२६ प्रतिशत, फाइनान्स समूहको २.०६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.३७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

    सोमबार २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको घटेको छ ।सोमबार शेयर बजारमा हिमालयन रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ५० करोड ३६ लाख रुपैयाँको शेयर खरिद– बिक्री भएको छ ।

    त्यस्तै, एनआरएन इन्फ्रास्टक्चरको ४३ करोड २१ लाख रुपैयाँ, नेपाल रि इन्स्योेरेन्सको ३३ करोड १७ लाख रुपैयाँ, राधि बिद्युत कम्पनीको २८ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend