२०८३, आश्विन २२ गते

images

राप्रपाद्वारा बल्खु क्षेत्र अनुगमन

राप्रपाद्वारा बल्खु क्षेत्र अनुगमन

सोमवार, चैत्र २५ २०८१११:१९
सोमवार, चैत्र २५ २०८१११:१९
  • images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले अराजकता र हिंसामा विश्वास नराख्ने स्पष्ट पारेका छन्।

    उनले पार्टीका सबै कार्यक्रम शान्तिपूर्ण रूपमा सञ्चालन हुने बताउँदै भोलि बल्खु क्षेत्रमा आयोजना हुने प्रदर्शन पनि अहिंसात्मक र भद्र रूपमा सत्याग्रहको स्वरूपमा अघि बढ्ने दाबी गरे।

    "हामी कुशासन र भ्रष्टाचारको अन्त्य चाहन्छौँ। यस अभियानमा सहभागी हुन राप्रपाको झण्डा, नेपालको राष्ट्रिय झण्डा वा कांग्रेस, एमाले, माओवादीका समर्थक भए पनि हाम्रा मुद्दालाई समर्थन गर्ने जो कोहीलाई आह्वान गर्छु," लिङ्देनले भने।

    उनले देश बनाउने र बचाउने अभियानमा सबैलाई आफ्नै झण्डासहित सहभागी हुन आग्रह गरे।

    यसैबीच, अध्यक्ष लिङ्देनले गत चैत १५ गते भएको प्रदर्शनमा राज्यले नै हिंसा भड्काउन खोजेको आरोप लगाए। उनले हिंसात्मक गतिविधि गर्ने जोसुकैलाई कारबाही गर्ने चेतावनीसमेत दिए।

    राप्रपाका नेता ज्ञानेन्द्र शाहीले भोलिको बल्खु क्षेत्रको कार्यक्रमको तयारीस्वरूप स्थलको अनुगमन गरिएको जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend