काठमाडौँ । आज चैत २६ गते काठमाडौँ उपत्यकाका ४ स्थानमा राजनीतिक दल तथा संघसंस्थाले प्रदर्शन गर्ने भएका छन्। घोषित कार्यक्रमअनुसार आज बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी, माइतीघर मण्डलामा राष्ट्रिय जनमोर्चा, बानेश्वर र माइतीघर सडक क्षेत्रमा नेपाल शिक्षक महासंघ र शान्तिवाटिकामा सहकारी र लघुवित्त पीडितले प्रदर्शन गर्ने भएका हुन्।
जसले गर्दा आज काठमाडौँ उपत्यकामा सवारीसाधन सञ्चालनमा असर पर्ने देखिएको छ।
यसैले ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न सवारीसाधन चलाउनेहरूलाई आग्रह गरेको छ।खासगरी राप्रपाले बल्खुलाई केन्द्र बनाएर विभिन्न स्थानबाट जुलुस निकाल्ने हुँदा ट्राफिक प्रहरीले यातायात डाइभर्सन गर्ने भएको हो।

