२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • तीनकुने प्रकरणः प्रक्राउ परेका मिश्र र...

तीनकुने प्रकरणः प्रक्राउ परेका मिश्र र राणा सहितका नेताको तेस्रो पटक म्याद थप

तीनकुने प्रकरणः प्रक्राउ परेका मिश्र र राणा सहितका नेताको तेस्रो पटक म्याद थप

मंगलवार, चैत्र २६ २०८१०३:५७
मंगलवार, चैत्र २६ २०८१०३:५७
  • images

    काठमाडौँ । गत जेठ १५ गगते काठमाडौँको तीनकुनेमा भएको राजावादी मोर्चाको आन्दोलनका क्रममा घुसपेठ भएको भन्दै पक्राउ परेका नेता तथा कार्यकर्तालाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ७३ जनालाई थप हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। 

    मंगलबार राज्यविरुद्धको कसुरमा पक्राउ परेकालाई १५ दिन र आपराधिक उपद्रवको कसुरमा पक्राउ परेकालाई २० दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले बताए। 

    मिश्र र राणासहितका २० आरोपितलाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको छ। उनीहरूलाई तेस्रो पटक १५ दिन हिरासतमा राख्न जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्यायले अनुमति दिएका हुन्। 

    यस्तै आपराधिक उपद्रवमा ५३ जनालाई थप २० दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। उनीहरूले चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा प्रदर्शन गर्दा व्यक्ति तथा सरकारी सम्पत्तिमा आगजनी तथा तोडफोड गरेका थिए। 

    ७३ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले प्रसाईंसहितका फरारको पनि खोजी गरिरहेकोक छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend