२०८३, आश्विन २२ गते

images

राजेन्द्र लिङ्देन भन्छन् – दुर्गा प्रसाईंलाई प्रहरीले नै भगायो

राजेन्द्र लिङ्देन भन्छन् – दुर्गा प्रसाईंलाई प्रहरीले नै भगायो

मंगलवार, चैत्र २६ २०८१०४:४२
मंगलवार, चैत्र २६ २०८१०४:४२
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले १५ चैतको आन्दोलनमा प्रहरीलाई गाडीले कुल्चिन खोज्ने दुर्गा प्रसाईंलाई प्रहरीले नै भगाएको आरोप लगाएका छन् । 

    बल्खुमा पार्टी बागमती प्रदेशको आयोजनामा जारी भेलामा अध्यक्ष लिङ्देनले भने, ‘दुर्गा प्रसाईंलाई पक्राउ गर्नुपर्थ्यो । तर, उनंलाई प्रहरीले नै ढुक्कले निकालेर पठायो । मञ्चमा भाषण गरेका नेतालाई अश्रुग्यास बर्सायो ।’ 

    उनले १५ चैतको आन्दोलनलाई राज्यले चरम दमन गरेको आरोप पनि लगाए । उनले आफूहरूले चाहेमा बालुवाटारलाई घेरेर भातपानी बन्द गरिदिने चेतावनी पनि दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend