२०८३, आश्विन २२ गते

images

एकीकृत समाजवादीको आन्दोलनको तालिका संशोधन

एकीकृत समाजवादीको आन्दोलनको तालिका संशोधन

बुधवार, चैत्र २७ २०८१०१:५५
बुधवार, चैत्र २७ २०८१०१:५५
  • images

    काठमाडौं । नेकपा एकीकृत समाजवादी, केन्द्रीय आन्दोलन संयोजन कमिटीले यसअघि तय गरेको आन्दोलनको कार्यक्रमको कार्यतालिका परिवर्तन गरेको छ। 

    विकसित राजनीतिक घटनाक्रमलाई दृष्टिगत गरेर कमिटीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नाराका साथ चैत्र १ गते पत्रकार सम्मेलन गरेर पहिलो चरणको आन्दोलन घोषणा गरेको थियो । 

    पार्टी महासचिव तथा आन्दोलन परिचालन कमिटीका संयोजक घनश्याम भूसालले बुधबार मातहतका पार्टी कमिटीलाई  ‘जरूरी परिपत्र’ जारी गर्दै आन्दोलनका कार्यक्रम संशोधन गरिएको जानकारी दिएका छन् ।  

    परिमार्जित तालिका

    - २०८२ बैशाख १० गते संघीय सरकारमा मागपत्र पेश गर्ने । 
    - २०८२ बैशाख १४ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा सम्बन्धित प्रदेश र जिल्लामा मागपत्र बुझाउने ।  
    - बैशाख २२ र २३ गते पालिका र वडा कार्यालयहरुमा सम्बन्धित पालिका र वडाका मागपत्र बुझाउने ।  
    - बैशाख २५ गते दोश्रो चरणको कार्यक्रम घोषणा 
    - प्रदेश, जिल्ला र पालिका तथा वडास्तरमा पेश गरिने मागपत्रमा सम्बन्धित प्रदेश, जिल्ला, 
    - पालिका तथा वडाको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि आवश्यक पर्ने मुख्य मागहरु उल्लेख गर्नु पर्ने छ । 
    - प्रदेश सरकारमा पेश गर्ने मागपत्रमा प्रदेशस्तरका रुपान्तरणकारी योजनाहरु सामेल गर्नु पर्ने छ, जसले त्यस प्रदेशमा रोजगारी र सुशासनलाई ग्यारण्टी गर्न योगदान गर्नेछन ।  
    - जिल्ला प्रशासन कार्यालयमा पेश गरिने मागपत्रमा त्यस जिल्लाको नागरिक सुरक्षा, विभेदका विषयहरु, प्राकृतिक श्रोतसाधनको सुरक्षा तथा सुशासनका विषयहरु समावेश गर्नु पर्ने छ । 
    - वडाका अगुवा व्यक्तिहरु (निर्वाचित प्रतिनिधि, शिक्षक, सामाजिक अभियन्ता, खेलाडी, कवि/कलाकार, उद्योगी–व्यापारी, विभिन्न संघ–संस्थासँग सम्बन्धित व्यक्तिहरु आदि) सँग समस्या तथा सुझाव सङकलन गर्नु पर्नेछ । यस्तो कार्यक्रमले एकातिर हाम्रो मागपत्रलाई अझै बढी समृद्ध बनाउने छ भने अर्कोतिर हाम्रो आन्दोलनबारे धेरै जनालाई सुसूचित हुने अवसर दिनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend